काठमाडौँ । नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले कुनै विलासी जीवन नबिताएको बताएका छन् ।
पत्रकार ऋषि धमलाले शुक्रबार अन्तरवार्ताको क्रममा ‘तपाईँले माओवादी आन्दोलनमा योगदान दिएकाहरुलाई हेर्नु भएन, विलासी जीवन बिताउनु भयो रे नि’ भनि सोधेको प्रश्नमा उनले उनले प्रचण्डले सुट लगाएको मात्रै देख्ने भन्दै आक्रोश पोखे ।
उनले आफूले यस्तो आरोप विल्कुल नस्वीकार्ने पनि बताए । ‘कतिसम्म भन्न सकेका मान्छेहरुले । म रातदिन खटेको, संविधान बनाउने बेलामा होस्, शान्ति सम्झौता गर्ने बेलामा होस्, सेना समायोजन र हतियार व्यवस्थापन गर्ने बेलामा होस् म रातदिन दौडेर देशलाई निकास दिनको लागि परेको नदेख्ने ।
मैले सुट लगाएको चाहिँ देख्ने ?’, प्रचण्डले आक्रोश पोख्दै भने, ‘के भनेको विलासी ? मुरो छोरो मर्यो यही आन्दोलनमा दौडिदा दौडँदै । छोरी मरी । म जिवलासी जीवन बाँचेको छु ?
मेरो श्रीमतीको हालत कुन अवस्थामा छ दुनियालाई थाहा छ नि। के म विलासी जन बाँच्न सक्छु ? मैले भनेको छु, मेरो जीवन विकास र समृद्धिको लागि खर्चिने छु । मलाई यतिसम्म अत्याचारपूर्ण आरोप लगाउने मान्छेहरुको नियत के हो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?