काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्ने सक्ने बताए ।
‘केपी ओलीले पार्टी विभाजन गरिसक्नुभयो । हामीले पार्टी वित विपरित गतिविधि गरेकाले उनलाई पार्टीबाट निष्काशित गरिसक्यौँ । हाम्रो पक्षमा दुई तिहाइ रहेको निर्वाचन आयोगलाई पनि जानकारी गरइसक्यौं । अब अर्को पार्टी खोलेर जाउ भन्न सक्छ निर्वाचन आयोगले’, प्रचण्डको भनाइ छ ।
शुक्रबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले आयोगले सर्वोच्च अदालतको फैसलाको नजिर, ऐन, नियम र संविधानअनुसार आफूहरुकै पक्षमा निर्णय लिने विश्वास व्यक्त बताए ।
‘जबरजस्ती गर भनेर हामी भन्दैनौ तर हामीसँग दुई तिहाइ छ । फेरि यताउती गर्ने कुराले राम्रो गर्दैन । सर्वोच्चले जसरी नजिर खडा गर्यो, आयोगले पनि संविधान र कानुनअनुसार गर्छ भन्ने विश्वास सँगै आयोगसामु आमरुपमा विश्वास दिलाउने अवसर पनि हो’, प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?