काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्ने सक्ने बताए ।
‘केपी ओलीले पार्टी विभाजन गरिसक्नुभयो । हामीले पार्टी वित विपरित गतिविधि गरेकाले उनलाई पार्टीबाट निष्काशित गरिसक्यौँ । हाम्रो पक्षमा दुई तिहाइ रहेको निर्वाचन आयोगलाई पनि जानकारी गरइसक्यौं । अब अर्को पार्टी खोलेर जाउ भन्न सक्छ निर्वाचन आयोगले’, प्रचण्डको भनाइ छ ।
शुक्रबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले आयोगले सर्वोच्च अदालतको फैसलाको नजिर, ऐन, नियम र संविधानअनुसार आफूहरुकै पक्षमा निर्णय लिने विश्वास व्यक्त बताए ।
‘जबरजस्ती गर भनेर हामी भन्दैनौ तर हामीसँग दुई तिहाइ छ । फेरि यताउती गर्ने कुराले राम्रो गर्दैन । सर्वोच्चले जसरी नजिर खडा गर्यो, आयोगले पनि संविधान र कानुनअनुसार गर्छ भन्ने विश्वास सँगै आयोगसामु आमरुपमा विश्वास दिलाउने अवसर पनि हो’, प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?