काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । तेजावी सुनको आज तोलामा ५ सय ले ओरालो लागेको हो । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० का कारोवार भएको थियो ।
यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?