एमसिसी पास गराउन ओली र कांग्रेसको सरकार बन्ने मोहनविक्रमको दाबी

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १४ : ४२
एमसिसी पास गराउन ओली र कांग्रेसको सरकार बन्ने मोहनविक्रमको दाबी

बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउन पनि ओली र कांग्रेसको सरकार बन्ने दावी गरेका छन् । उनले एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने दावी गरे । 

प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसिसी पारित गर्ने पक्षमा छन्, त्यसकारण कांग्रेस र ओली पक्षको सत्ता समीकरण हुन्छ ।’

सिंहका अनुसार एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ । संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।

‘प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न सिंहले सुझाव दिएका छन् । राजनीतिक अस्थिरताको कारक भने स्वयं ओली नै रहेको उनको टिप्पणी थियो । 

प्रतिक्रिया दिनुहोस