काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा आज बिहान दुवैजना बिच भेटवार्ता भएको हो ।
सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तथा दाहाल–नेपाल समूहलाई संयुक्त रुपमा सचिवालय बैठक डाक्न आग्रह गरेका नेता गौतम बिहान खुमलटार छलफल गरेका हुन् ।
खुमलटार श्रोतका अनुसार भेटमा गौतमले प्रचण्डलाई पार्टी एकताको विकल्प नरहेकाले आफू एकताको पक्षमा उभिएको र अहिले सो जिम्मेवारी सबै लाग्नुपर्नेम जोड दिएका थिए । जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित नभएपनि तर अहिले कै अवस्थामा केपी ओलीसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसक्ने बताएको श्रोतको दाबी छ ।
उनले ओलीले आत्मालोचना गरि राजीनामा दिनु पर्ने र सो कार्य पार्टी एकताका लागि हितकर हुनसक्ने धारणा राखेका थिए । सर्वोच्चको फैसलासँगै नयाँ सत्ता समीकरणको चर्चा शुरू भएका छन् । तर, अहिलेसम्म कुनै पनि पक्षमा नखुलेका गौतमले पार्टी एक ढिक्का बनाउने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल