आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, ०८ : २५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार पहाडी क्षेत्रका विभिन्न स्थानमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम  सफा रहने जनाएको छ ।

अहिले प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । तराईका केही स्थानहरुमा हुस्सु–कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको हो ।

बिहीबार दिउँसो प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू९भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस