मेसीको दुई गोलमा बार्सिलोना विजयी

एजेन्सी

विहीबार, १३ फागुन २०७७, ०८ : १२
मेसीको दुई गोलमा बार्सिलोना विजयी

एजेन्सी ।  स्पेनी ला लिगामा बार्सिलोनाका लियोनल मेसीले दुई गोल गर्दा एल्चेलाई  ३–० ले हराएको छ । बुधबार भएको खेलमाएल्चेलाई हराउदैं  बार्सिलोनाले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी पाँच अंकमा छोट्याउन सफल भएको छ ।

४८औं मिनेटमा पहिलो गोल गरेका अर्जेन्टिनी फरवार्डले ६८ औं मिनेटमा दोस्रो गोल थपे । ७३औं मिनेटमा जोर्डी अल्बाले तेस्रो गोल गरे । यी दुई गोलसँगै मेसीले यो सिजन लिगमा गरेको गोल संख्या १८ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षस्थानमा छन् ।