काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहेको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाबारे यसअघिकै निर्णयलाई निरन्तरता दिँदै आयोग आधिकारिकतासम्बन्धी विवादमा प्रवेश नगर्ने भएको हो ।
आधिकारिकताका लागि तोकिएको हदम्यादभित्र दुवै पक्षले दाबी नगरेको, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली, पार्टी विधान एवं पार्टीको परिपत्रअनुसार कानुनी रूपमा नेकपा एउटै भएको र विधानअनुसार दुवै अध्यक्षको सहमतिमा महासचिवले डाकेको बैठक आधिकारिक हुने निर्णय आयोगले माघ ११ गते नै गरिसकेको छ ।
आयोगले नेकपा कानुनी रूपमा एउटै रहेको दोहोर्याएपछि पुष्पकमल दाहाल–माधवकुमार नेपालले गरेको आधिकारिकता दाबीको प्रक्रिया पनि अघि नबढ्ने भएको छ । आयोग स्रोतका अनुसार पुस ५ गते संसद् विघटन भएको, राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार ३० दिनभित्र आधिकारिकता दाबी गरिसक्नुपर्ने भए पनि माघ २० गते दाबी आउँदा ४५ दिन भइसकेकाले त्यसमा कुनै निर्णय आवश्यक नरहेको निष्कर्ष आयोगको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १३ फागुन २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने
समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, हेर्नुहोस् कसलाई के ?
प्रतिनिधि सभा निर्वाचनका लागि १० हजार ९२६ मतदान स्थल रहने
निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन