जेलभित्रको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

एजेन्सी

बुधबार, १२ फागुन २०७७, १५ : ०४
जेलभित्रको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

सांकेतिक तस्वीर

इक्वेडर । इक्वेडरमा मङ्गलबार तीन ओटा जेलमा भएको दङ्गामा कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका प्रहरी स्रोतले जनाएको छ । 

पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ । 

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा  तीन ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन्  । जेलमा कैदीलाई पुनः नियन्त्रणको लागि  प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताए । 

उक्त विद्रोह रोक्न  प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले जानकारी दिए । मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । 

गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति  मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै  सात घाइते भएका थिए । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस