ओली समुहको बैठक बालुवाटरमा जारी

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, १३ : १५
ओली समुहको बैठक बालुवाटरमा जारी

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्माको सरकारी निवास बालुवाटारमा उनी पक्षीय नेकपाको स्थायी समिति बैठक बसिरहेको छ । 

बैठकबाट सर्वोच्चको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गरिने बताइएको छ । बैठकमा ओली पक्षीय नेताहरु विष्णु पौडेल, राम बहादुर थापा बादल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, टोप बहादुर रायमाझी, मणि थाप, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेललगायतको सहभागिता रहेको बताइएको छ । 

ओलीले सर्वोच्चको फैसला स्वीकार्ने बताएका छन् तर तत्काल राजीनामा भने नदिने सल्लाहकारमार्फत सन्देश दिएका छन् 

प्रतिक्रिया दिनुहोस