काठमाडौं । स्वास्थ्योपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि आफूलाई रोग नै हराएजस्तो लागेको बताएका छन् ।
उनले मंगलबार साँझ ट्वीट गर्दै लेखेका छन्, ‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खिदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ।’
उनले अगाडि लेखेका छन्, ‘हिन्दु मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरेझैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैं भो ।’ जनता समाजवादी (जसपा) पार्टीका नेतासमेत रहेका डा भट्टराई भारतमा स्वास्थ्योपचारका लागि गएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई