काठमाडौं । स्वास्थ्योपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि आफूलाई रोग नै हराएजस्तो लागेको बताएका छन् ।
उनले मंगलबार साँझ ट्वीट गर्दै लेखेका छन्, ‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खिदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ।’
उनले अगाडि लेखेका छन्, ‘हिन्दु मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरेझैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैं भो ।’ जनता समाजवादी (जसपा) पार्टीका नेतासमेत रहेका डा भट्टराई भारतमा स्वास्थ्योपचारका लागि गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई