काठमाडौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधी सभा पुर्नस्थापना गर्ने आदेश गरेसंगै प्रधानमन्त्री केपी ओलीलाई अब अलिकति लाज भए राजिनामा दिन आग्रंह गरेका छन् ।
भोली चितवनमा हुने कार्यक्रमलाई लक्षित गरेर चितवनको भरतपुरमा रहेका उनले अब राजिनामा नदिए ओली कुडाकर्कटमा मिल्किने उल्लेख गरेका छन् । उनले केपी ओलीको भुलभुलैवामा भुलेर गएकाहरुलाई पार्टीमा फर्किन समेत आग्रह गरेका छन् ।
ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा स्वागत गर्न आफु तयार रहेको भन्दै फर्किन सबै समक्ष अपिल समेत गरेका छन् । उनले सम्बोधनको क्रममा भने–‘केपी ओलीको भ्रम थियो, अब सबै भ्रममुक्त हुनुस, र सबै काममा फकिनुस ।’
उनले अब हुने विरोध जुलुसलाई विजय जुलुसमा परिवर्तन गरेर मनाउन सबै नेता, कार्यकर्ता समक्ष आग्रह समेत गरेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?