काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् । बाँस्तोलालाई सर्वोच्चका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनु”, आदेशमा भनिएको छ ।
यसअघि गत माघ १५ गते र २२ गते थुनामुक्त गराउन अदालतले आदेश जारी गरेको थियो तर अदालतको आदेशलगत्तै नेता बाँस्तोला पक्राउ परेका थिए । चन्द समूहका पश्चिम कमाण्ड इन्चार्ज रहेका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलामाथि नक्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ फागुन २०७७, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने