काठमाडौं । बार्सिलोनालाई पछि पार्दै सेभिया स्पेनिस ला लिगा फुटबलको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा ओसासुनालाई २–० गोले पराजित गरेसँगै सेभिया अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
ओसासुनाको मैदानमा सेभियाको जितमा डिएगो कार्लोस र लुक डि योङले गोल गरे। पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको सेभियाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको १९ औं मिनेटमा कार्लोसले गोल गर्दै सेभियालाई अग्रता दिलाए। खेलको ४९ औं मिनेटमा लुक डि योङले गोल गर्दै सेभियालाई २–० को जित दिलाए।
सेभियाले जारी स्पेनिस ला लिगामा लगातार छैटौं जित निकालेको छ। जनावरी १३ मा एथ्लेटिको मड्रिडसँग उसैको मैदानमा २–० ले हारेयता सेभियाले सबै खेल जितेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ११ फागुन २०७७, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जितिन्
बार्सिलोनाको अध्यक्षमा फेरि चुनिए जोन लापोर्टा
टी-२० सिरिजमा वेस्ट इन्डिजको जित
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु
बीच भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरलाई
२७ महिनापछि सन्दीप लामिछाने घरेलु क्रिकेटमा पुनरागमन गर्दै