दिनेश भट्टमाथि अनुसन्धान  गर्न ५ दिन म्याद थपियो

पत्रपत्रिकाबाट

मंगलबार, ११ फागुन २०७७, ०८ : २५
दिनेश भट्टमाथि अनुसन्धान  गर्न ५ दिन म्याद थपियो

काठमाडौं । भागरथी भट्टको बलात्कारपछि हत्याको अभियोगमा पक्राउ परेका   दिनेश भट्टमाथि  अनुसन्धान  गर्न जिल्ला अदालत  बैतडीले  पाँच  दिनको  म्याद थप गरेको छ ।

हत्या अभियोगमा  पक्राउ  परेका भागरथीको  गाउँ  चडेपानीकै १६ वर्षीय भाइ नाता पर्ने किशोर दिनेश भट्टमाथि अनुसन्धान गर्न अदालतले दिएको पाँच दिनको  म्याद  आइतबार  सकिएपछि सोमबार  अदालतले  पुनः  पाँच  दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

 दोगडाकेदार    गाउँपालिका–७, चडेपानीकी   १७   वर्षीया   भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर  फर्केकी  थिइनन्  भने  भोलिपल्ट उनको   शव   लडालेक   जङ्गलमा फेलापरेको  थियो ।  घटनाको  १३  दिन लामो   अनुसन्धानपछि   भागरथीको गाउँकै  १६  वर्षीय  दिनेश  भट्टलाई प्रहरीले  कसुरदारका रूपमा  फागुन  ५ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस