लाहान नगरपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ शाखा सञ्चालन

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, १८ : २७
लाहान नगरपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिकाको वडानम्बर ८ सिराहामा शाखा स्थापना गरेको छ ।  नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनिसाह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका थिए ।  बैंकले  वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८ठ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ । 

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ । 

प्रतिक्रिया दिनुहोस