आफन्तबाटै बालकको अपहरण, मामासहित तीन पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०९ फागुन २०७७, ०९ : ०३
आफन्तबाटै बालकको अपहरण, मामासहित तीन पक्राउ

जनकपुरधाम । धनुषामा अपहरणमा परेका ७ वर्षीय बालकको प्रहरीले सात घण्टाभित्रै सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न भएका 
बालकका मामा, बुबासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट  ७ वर्षीय बालकको अपहरण भएको थियो । जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।
बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस