धरहरा निर्माण अलपत्रः पुरातत्व विभागको यस्तो प्रतिक्रिया

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ चैत्र २०७४, ०६ : ४६
धरहरा निर्माण अलपत्रः पुरातत्व विभागको यस्तो प्रतिक्रिया

काठमाडौं : विनाशकारी भूकम्पले भत्काएको धरहरा पुननिर्माण सुरु हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, नेपाल टेलिकमले हात झिकेपछि पुननिर्माण अघि बढ्न नसकेको पुरातत्व विभागले जनाएको छ । नक्सा डिजाइन गरेर पुननिर्माण प्राधिकरणलाई दिएको ६ महिना भइसके पनि काम सुरु हुन नसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।

प्रवक्ता कुँवरले भने,
-हामीले काम सकेका छौंँ ।

-निर्माण गर्ने जिम्मा हाम्रो होइन, पुननिर्माण प्राधिकरणको हो ।

-मौलिकतामा असर नपर्ने गरी पुरानै स्वरुपमा धरहरा पुननिर्माण हुने छ ।

-धरहराको उचाइ २ सय ४५ फिट हुने छ ।

प्रतिक्रिया दिनुहोस