चिनियाँ जहाजलाई बोइङ ७६७ को ठक्कर

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ चैत्र २०७४, ०६ : ४४
चिनियाँ जहाजलाई बोइङ ७६७ को ठक्कर

                             घाममा सेकाएर राखिएका जहाजमाथि थप विपत्ति

काठमाडौं : नेपाल वायुसेवा निगमले एक महिनाअघि दुई थान नयाँ चिनियाँ जहाज ल्याए पनि उडाउन सकेको छैन ।

आएदेखि घाममा सेकाएर राखिएका ती जहाजमाथि थप विपत्ति आइलागेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफ्नै ह्यागंर छेउ रहेका ती दुईमध्ये एक जहाजमा विदेशबाट आएको बी ७६७ सिरिजको ठूलो (वाइड बडी) आकारको जहाजले ठक्कर दिएको थियो ।

निगमका एक उच्च अधिकारीले भने,

-यसै पनि घाम तापिरहेको जहाज, त्यसमाथि पनि ठूलो जहाजले ठक्कर दिएपछि अब कति महिना थन्किने हो ठेगान छैन ।

-एउटा जहाज ठक्करपछि थन्किएको छ भने अर्को नयाँ जहाज निगमकै इन्जिनियरको लापरबाहीले थन्किन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस