दश कैदीबन्दीको सजाय मिनाहा

रासस

शुक्रबार, ०७ फागुन २०७७, २० : २१
दश कैदीबन्दीको सजाय मिनाहा

काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागारका १० कैदीबन्दीको कैद सजाय मिनाहा गरिएको छ । आचरण सुधारका आधारमा कैदी बन्दीको कैद सजाय मिनाहा गरिएको हो । 

सवारी ज्यान, बहुविवाह मुद्दामा कारागार जीवन बिताइरहेका १३ कैदीबन्दीको कैद मिनाहाका लागि कारागार विभागमा सिफारिस गरेर पठाइएकामा १० कैदीबन्दीको सजाय मिनाहा गरिएको कारागार प्रमुख मायाकुमारी बस्नेतले बताउनुभयो । कारागारमा ३९३ कैदीबन्दीलाई राखिएको छ । 

प्रतिक्रिया दिनुहोस