जस्तोसुकै निर्णय आउनसक्छ, पूरा तयारी रहनूस् : प्रचण्ड–माधव

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १७ : १४
जस्तोसुकै निर्णय आउनसक्छ, पूरा तयारी रहनूस् : प्रचण्ड–माधव

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जस्तोसुकै निर्णय पनि हुनसक्ने भएकाले तयारी अवस्थामा रहन निर्देशन गरेको छ । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा प्रचण्ड माधव दुवैले आलोपालो गरी भने– ‘तपाइँहरु जुनसुकै बेला जस्तोसुकै निर्णय आए पनि पूरा तयारी अवस्थामा रहनुहोला ।’ बैठकमा प्रचण्ड, नेपालले संसद् विघटन विरुद्धको आन्दोलनलाई बलियो समर्थन मिल्दै गएको बताएका छन् । 

 बैठकमा अध्यक्षद्वय  प्रचण्ड र  नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । संसद् विघटनविरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।

नेकपा प्रचण्ड माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पेरिसडाडाँमा बोलाएको थियो । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस