‘कोभिसिल्ड’ खोप किन्‍न बाधा अड्काउ फुकाउन आदेश जारी

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १२ : ०६
‘कोभिसिल्ड’ खोप किन्‍न बाधा अड्काउ फुकाउन आदेश जारी

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप भारतमा निर्मित ‘कोभिसिल्ड’ २० लाख मात्रा किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गत १५ माघ, २९ माघ र यही ४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकारले सोझै कोभिसिल्ड उत्पादक कम्पनीसँग २० लाख मात्रा खोप खरीद गर्न सक्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको बताए ।

उनले खरीद गर्न सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको बताए । सरकारले सार्वजनिक खरिद ऐन २०६३ कार्यसम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी गरी खरीद गर्ने व्यवस्था नरहेको हुँदा खोप खरीद गर्न बाधा अड्काउ परेको उनले जानकारी दिए ।

सरकारले बाधा अड्काउ फुकाउने निर्णय गर्दै सार्वजनिक खरिद ऐन २०६३ दफा ७४ (ख) ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य सेवा विभागले अहिलेको विशेष परिस्थितिलाई मध्यनजर राखी एक पटकका लागि कोभिसिल्ड खोप उत्पादक कम्पनीसँग खरीद गर्न थालेको हो ।

‘सार्वजनिक खरीद ऐन २०६३ को दफा ४१ को उपदफा ९१०को खण्ड (घ ३) बमोजिम सोझै खरीद गर्ने प्रक्रिया अघि बढाइएकामा उक्त खोप उत्पादक कम्पनीले कार्यसम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी भएका खोप आपूर्ति गर्नसक्ने सर्त निर्धारण गरेको तर ऐनमा कार्यसम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी गरी खरीद गर्ने व्यवस्था नरहेको हुँदा खोप खरीद गर्न बाधा अड्काउ परेको होु, उनले भने, सोही ऐनको दफा ७४ ख ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य सेवा विभागले अलिहेको विशेष परिस्थितिलाई मध्यनजर राखी एक पटकका लागि कोभिसिल्ड खोप उत्पादक कम्पनीसँग वार्ताद्वारा खोप खरीद गर्न थालेको हो ।'

प्रतिक्रिया दिनुहोस