कञ्चनपुर । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन् ।
गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका हेमन्तबाट ६०० मिलीग्राम र जीवनबाट १०० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ फागुन २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ