कञ्चनपुर । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन् ।
गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका हेमन्तबाट ६०० मिलीग्राम र जीवनबाट १०० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ फागुन २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ