आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, ०८ : ३५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशका अधिकांश क्षेत्रको मौसम  सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश २ र प्रदेश ३ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम प्रभावित भएको हो ।

प्रतिक्रिया दिनुहोस