भारतमा पहिलोपटक महिलालाई फाँसी दिइँदै

एजेन्सी

बुधबार, ०५ फागुन २०७७, २० : ४०
भारतमा पहिलोपटक महिलालाई फाँसी दिइँदै

भारत । भारतमा पहिलोेपक महिलालाई फाँसीको सजाय हुने भएको छ । भारत स्वतन्त्र भएपछि देशमा पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको हो । 

अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको छ । फाँसीका लागि जेलर पवन जल्लादले दुई पटकसम्म फाँसीघरको निरीक्षण गरिसकेका छन् ।

२००८ को अप्रिल महिनामा शबनमले प्रेमीसँग मिलेर सातजनाको परिवारको हत्या गरेकी थिइन् । उक्त घटनामा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मले फाँसीको सजायलाई यथावत राखेका छन् । शबनमले राष्ट्रपति समक्ष गरेको अनुरोधलाई पनि राष्ट्रपतिले खारेज गरिदिएसँगै फाँसीको बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस