काठमाडौें । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत मासामिची साइगोको कार्यकालमा नागढुङ्गा सुरुङलगायत विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ ।
नेपालका लागि जापानी राजदूत साइगोसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बिदाइ भेटमा प्रधानमन्त्रीले आगामी दिनमा दुई घनिष्ठ मित्र देशबीच राष्ट्राध्यक्ष तथा सरकार प्रमुखस्तरको भ्रमण आदानप्रदान हुने अपेक्षासमेत गर्नुभयो ।
राजदूत साइगोले आफ्नो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकालभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ फागुन २०७७, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
बयानमा ओलीलाई सोधिने प्रश्न तयार, जाँचबुझ आयोगले यस्तो प्रश्न सोध्दैछ ओलीलाई
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली