आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, ०८ : ४७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरका पहाडी क्षेत्रमा मौसम  सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो प्रदेश १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया दिनुहोस