सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ ।
कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले शिक्षा नियमावलीमा आवश्यक संशोधन गरी स्थानान्तरणको सुविधा दिने प्रावधान समावेश गरिएको जानकारी दिए ।
सरकारको यो निर्णयसँगै अब विद्यालय परिवर्तन गरी अध्ययन गरेका कक्षा १० का विद्यार्थीले सोही विद्यालयबाट परीक्षा दिन पाउने छन् । विगतमा विद्यार्थी स्थानान्तरण गरी परीक्षा दिने र त्यसकै माध्यमबाट परीक्षा उत्तीर्ण गराउने गतिविधि बढेपछि सरकारले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरणमा रोक लगाएको थियो ।
नियमावली संशोधन गरी राजपत्रमा छपाइका लागिसमेत पठाइसकिएको जनाइएको छ । सरकारको यो निर्णयसँगै एसईईमा विद्यार्थीले परीक्षा छाड्ने दर कम हुने अनुमान गरिएको छ । विद्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस् भनेर नै यस खालको प्रबन्ध गरिएको हो ।
सरकारले शिक्षा नियमावलीमा नै संशोधन गरी कोरोना भाइरस जस्ता सङ्क्रमण भएको अवस्थामा भने विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने सक्ने निर्णय गरिएको शिक्षा प्रवक्ता शर्माले बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ फागुन २०७७, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक