काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेशका अधिकांश क्षेत्रको मौसम आंशिक बदली हुने जनाएको छ । अहिले प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ ।
मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीको संभावना छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदलीको संभावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडीसहितका क्षेत्रको मौसम बदली भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ फागुन २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव कायमै
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका धेरै स्थानमा बाक्लो हुस्सु
आज कस्तो रहला देशभरको मौसम ?