काठमाडौ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला स्थगित गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक बुधबारलाई बोलाइएपछि सोही दिन राखिएको भेला स्थगित गरिएको हो ।
काँग्रेसले फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति आइसक्दा पनि अर्को तालिका तोक्न नसकिरहेका बेला पौडेल पक्षले नेतृत्वलाई दबाब दिने रणनीति अनुसार भेला बोलाएको थियो ।
अब आफूहरुको सरोकार केन्द्रीय समितिमा राखिने र त्यहाँ सुनुवाइ नभए फेरि भेला बोलाइने पौडेल पक्षीय जिल्ला सभापति मधु आचार्यले बताए । कान्तिपुरमा खबर छ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०४ फागुन २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक