काठमाडौं । सेयर बजार उच्च विन्दुमा पुगेको यो बेला कतिपय लगानीकर्ता पैसा कमाइन्छ भन्ने हल्लाकै भरमा लगानी गरिरहेका छन्। यतिबेला बजारको अंक धेरै माथि पुगिसकेको छ। हाल परिसूचक नेप्से २४९३ अंकमा छ। गत सोमबार बजारले २५६१ को नयाँ कीर्तिमानी बनाएको थियो।
बजार जति माथि बढ्दै जान्छ, त्यति नै कम्पनीको वित्तीय स्थिति केलाएर, सुझबुझपूर्ण रूपमा मात्रै लगानी गर्नुपर्छ। लगानी गरेपछि बजारको मूल्य उतार चढावभन्दा बर्सेनि दिने लाभांशप्रति विश्वस्त हुन जरुरी छ।
लाभांश बढाउन सक्ने क्षमता छरछैन भन्न केही तथ्य भने केलाउनुपर्ने सुझाव दिन्छन् अनुभवी लगानीकर्ताहरू। सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल वाणिज्य बैंकहरू लगानीका लागि सबभन्दा सुरक्षित रहेको बताउँछन्।
२५ वर्षदेखि सेयर बजारमा लाग्दै आएका अर्याल भन्छन्, ‘नेप्से अंक धेरै देखिए पनि वाणिज्य बैंकहरूको मूल्य अझै बढ्न सकेको छैन। कोरोनाले असर परेको अर्थतन्त्र उकास्न बैंकहरूको बिजनेस अब बढ्ने क्रममा छ।’
प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, विगतमा दिएको लाभांश र बिजनेस वृद्धि अध्ययन गरेर लगानी गर्नु उपयुक्त हुने उनी सुझाउँछन्। यी आधार केलाउँदा पनि अन्य समूहका कम्पनीको तुलनामा वाणिज्य बैंकहरू उपयुक्त रहेको उनको बुझाइ छ।
१५ वर्षदेखि सेयरबजारमा सक्रिय अर्का लगानीकर्ता पिताम्बर शर्मा खरेल पनि अर्यालको भनाइमा सहमत छन्।
‘मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका बैंक नयाँ लगानीकर्ताका लागि उपयुक्त हुन्छन्। तर बैंकको बिजनेस पनि औसतभन्दा माथि बढेको राम्रो हुन्छ,’ उनले भने।
लाभांश दर बढाउँदै गएका कम्पनीहरू लगानीका लागि उपयुक्त हुन्छन्। धेरै लाभांश दिन सक्ने कम्पनीको बजार मूल्य बढ्दै जानु स्वभाविक हो।
अनुभवी लगानीकर्ताले दिएको सुझाव र विभिन्न तथ्यांकमा आधारित रहेर लगानीका लागि उपयुक्त हुन सक्ने १० बैंकहरू यहाँ प्रस्तुत गरेका छौं।
सेयरमा लगानी गर्नुअघि बिजनेस बढाउँदै लगेका बैंकहरू छान्नुपर्छ। बिजनेस बढ्दै गएमा तपाईंलाई दिने लाभांश स्वभाविक बढ्दै जान्छ। बैंकहरूको हकमा मुख्य बिजनेस भनेको कर्जा प्रवाह हो।
पछिल्लो एक वर्ष पुस मसान्तसम्म अवधिलाई केलाउँदा एनआइसी एसिया बैंक कर्जा प्रवाहमा आक्रामक देखिएको छ। उसले कर्जा प्रवाह बढाउँदै जाँदा नाफा वृद्धिदर पनि बढ्दै गएको छ।
त्यस्तै प्रभु र सिभिल बैंकको बिजनेस वृद्धि राम्रो देखिन्छ। केही बैंकको भने मर्जरएक्विजिसन प्रभावकै कारण बिजनेस वृद्धि अत्यधिक देखिन्छ। यसमा लगानीकर्ता झुक्किनु हुँदैन। मेगा, प्राइम, कुमारी, सिटिजन्स, एनएमबीको बिजनेस वृद्धिमा मर्जरएक्विजिसनको प्रभाव हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार