काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।
अमेरिकी राजदूत थम्पसनले मुलुकभर शान्ति र सुरक्षा कायम गर्न गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।
जवाफमा मन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन् ।
भेटमा अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
त्यसैगरी, मन्त्री अर्यालले निर्वाचन आयोगसँग सुरक्षा आवश्यकताका विषयमा निरन्तर परामर्श भइरहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस
‘निर्वाचन सुशासन कायम गराउन सफल भयो’ : गृहमन्त्री अर्याल
‘मतपेटिका ल्याउँदा सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ’ : गृहमन्त्री अर्याल
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता
‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो’ : गृहमन्त्री अर्याल