सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०८२, ११ : १९
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार नौ सय रुपैयाँले घटेर दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ६० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रतिक्रिया दिनुहोस