काठमाडौं । भारतको त्रिपुराका मुख्यमन्त्री विप्लब कुमार देबले भारतको गृहमन्त्री तथा पूर्व भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा सरकार स्थापना गर्ने योजना बनाएको खुलासा गरेका छन् । शनिबार रबिन्द्र सतबार्षिकी भवनमा आयोजित पार्टी कार्यक्रममा छिमेकी मुलुक नेपाल र श्रीलंकामा भाजपा सरकार स्थापना गर्ने योजना बनाएको खुलासा गरेको देवले बताएका हुन् ।
शाहको यस्तो अभिब्यक्ति विवादमा आएको छ । त्रिपुरा भ्रमणको क्रममा राज्य नेतृत्वको चिया पार्टीमा अमित शाहले त्यस्तो बताएका हुन् । देवको भनाई उदधृत गर्दै इस्टमोजा डटकममा चन्दन पाण्डे समाचार लेख्छन्, शाहले भारतका धेरैजसो राज्यहरूमा भाजपा विजयी भएपछि छिमेकी देशहरूमा पार्टी स्थापना गर्ने योजना मुख्यमन्त्री देव लगायतका टोलीसँगको छलफलमा बताएका हुन् ।
हेर्नुहोस उक्त अनलाइनको समाचार : -
‘हामी राज्यको पाहुनाघरमा कुराकानी गरिरहेका थियौं । जब भाजपाका उत्तर पूर्व जोनल सचिव अजय जाम्बालले भारतका लगभग सबै राज्यमा भाजपाको सरकार बनेको कुरा गरे, जवाफमा शाहले भने, अब श्रीलंका र नेपाल बाँकी छ । हामीले श्रीलंका र नेपालमा पार्टीको विस्तार गर्नुपर्छ र सरकार बनाउनका लागि त्यहाँ जित हासिल गर्नुपर्छ,’ अमित शाहको भनाई उदृत गरी देवले भने ।
भाजपा नेता समेत रहेका मुख्यमन्त्री देवले कम्युनिस्ट पार्टीलाई पछि पार्दै अमित शाहको नेतृत्वमा भाजपा विश्वकै सबैभन्दा ठूलो पार्टी बनेको दाबी पनि गरे । उनले केरलामा कमजोर कम्युनिस्ट सरकार समाप्त गरी भाजपाको नेतृत्वमा सरकार गठन गर्न काम भइरहेको बताए । यस्तै गरी पश्चिम बंगालकी मुख्यमन्त्रीलाई जनताले चाँडै बिदाइ गर्ने, तामिलनाडूसहित देशभरमा ‘कमल’ फुल्ने दाबी देवले गरे ।
त्रिपुराका विपक्षी नेताहरुले मुख्यमन्त्रीको विवादास्पद अभिव्यक्तिको बारेमा भाजपाको केन्द्रीय नेतृत्वसँग जवाफ माग गरेको छ । भारतीय कम्युनिस्ट पाटी (माक्र्सबादी)का नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र चौधरीले भने, ‘मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रबारे कुनै ज्ञान छैन् । मुख्यमन्त्रीको दाबी अनुसार यदि अमित शाहले भनेकै हुन् भने पनि हामीलाई अर्को देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अधिकार छैन् ।’ भारतीय कम्युनिस्ट पार्टीका नेताले गृहमन्त्री अमित शाह ‘नेपालको बिरुद्धमा षड्यन्त्र’मा लागेको आरोप समेत लगाए । उनले मुख्यमन्त्रीको भनाइलाई सामान्य रुपमा नलिइ प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका शीर्ष नेतासँग जवाफ र प्रतिक्रियाको माग गरेका छन् ।
त्रिपुरा कंग्रेस इकाईका उपाध्यक्ष तापस डे ले पनि अमित शाहको भनाईमा ‘साम्राज्यबाद’ को गन्ध आएको बताएका छन् । ’जसको बिरुद्धमा भारत आफैंले वषौंसम्म संघर्ष गरेको थियो‘ उनले भनेका छन्, ‘भारतले नेपाल र श्रीलंकको सार्वभौम मामलामा हस्तक्षेप गर्न मिल्दैन् ।’ नेपाल सरकारले भने यो विषयमा अहिलेसम्म मुख खोलेको छैन् । मोदी शैलीमा राजनीति गर्न खोजेको ओली सरकारले यो विषय सुनेर पनि नसुनेझै बसेको छ । अन्ध राष्ट्रवाद र हिन्दुत्वको नाराभित्र ओलीले पनि मोदी शैलीमा आफुलाई राजनीतिमा उतार्न खोजेका छन् । त्यही भएर पनि ओलीको भित्री साँठगाँठ त्यहाको शासकहरुसँग कसिलो बन्दै जान थालेको आशंका गरिएकै बेला अमित शाहको भनाई उद्धृत गर्दै भाजपाकै नेता तथा एक जना मुख्यमन्त्रीको यस्तो खुलासा आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ फागुन २०७७, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा