काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सबैको मुटु छामेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको नेता नेपालले बताए ।
प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘यो सबैको मुटु छामेको हो । रामकुमारीलाई पहिले समात्ने, अनि माधवकुमार नेपाल र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ ।’
उनले प्रश्न गरे, ‘यिनका डरबाट हामी त्रसित हुन्छौं ? ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन् ?
प्राधनमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उनले तानाशाह बन्न खोजेको बताए । भोलि संकटकाल लगाउने लगायतको आशंका रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘जनताको अधिकार खोस्ने कुनै कुशासक आयो भने हामी सहने छैनौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ फागुन २०७७, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल