एनसेलका ग्राहकले गर्छन् बढी खर्च

पत्रपत्रिकाबाट

विहीबार, ०८ चैत्र २०७४, ०९ : ०९
एनसेलका ग्राहकले गर्छन् बढी खर्च

काठमाडौं । नेपालमा एकजा टेलिफोन प्रयोगकर्ताले वर्षभरिमा औसतमा दुई हजार दुई सय ३४ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
गत आर्थिक वर्षमा सञ्चालनमा रहेका पाँच वटा दूरसञ्चार कम्पनीका ग्राहकले गरेको वार्षिक खर्चलाई आधार मान्दा यस्तो देखिएको हो । नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीमध्ये एनसेलका ग्राहकले सबैभन्दा बढी खर्च गर्ने गरेको पाइएको छ । एनसेलले नेटवर्क प्रयोग गर्ने ग्राहकको वार्षिक खर्च औसत दुई हजार ६ सय ७१ रुपैयाँ छ ।

तर सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहकले भने औसत एक हजार नौ सय रुपैयाँ मात्र खर्च गर्ने गरेको पाइएको छ ।  ६ वटा कम्पनीले सेवा प्रदान गर्ने अनुमति पाए पनि अहिले पाँच वटा कम्पनी अस्तित्वमा छन् । त्यसमध्ये सीजी कम्युनिकेसनको कुनै पनि सेवा अस्तित्वमा छैन ।

प्रतिग्राहक खर्चका आधारमा स्मार्ट टेलिकम तेस्रो नम्बरमा छ । यो कम्पनीको एक ग्राहकले औसत पाँच सय ७८ रुपैयाँ खर्च गर्ने गरेका छन् । नेपाली दूरसञ्चार सेवाप्रदायकले गत आर्थिक वर्षमा कुल एक खर्ब एक अर्ब २९ करोड २५ लाख ७८ हजार पाँच सय २७ रुपैयाँ आम्दानी गरेका छ । त्यसमध्ये दुई ठूला कम्पनी नेपाल टेलिकम र एनसेलले मात्रै टेलिफोनमा ९३ प्रतिशत र इन्टरनेटमा ९६.११ प्रतिशत बजार हिस्सा ओगटेको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस