काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आईतबारदेशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ ।
पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित भएको हो । राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ फागुन २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव कायमै
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका धेरै स्थानमा बाक्लो हुस्सु
आज कस्तो रहला देशभरको मौसम ?