काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको ०७६ पुस ११ को निर्णयअनुसार पार्टी महाधिवेशन एक सातापछि सुरु गर्नुपर्ने हुन्छ । उक्त बैठकले यही फागुन ७–१० गते महाधिवेशन हुने तालिका ल्याएको थियो । महाधिवेशनको मिति तोकिए पनि तयारी त्यसअनुसार हुन सकेन । कांग्रेसले महाविधेशनको अर्को तालिका पनि तोकेको छैन ।
केन्द्रीय कार्यसमिति बैठकमा गत माघ १३ गते महाधिवेशन कहिले गर्ने भन्नेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केहीछिन सवालजवाफ चलेको थियो । पौडेलले बैठकमै महाधिवेशन चाँडै गर्न नेतृत्वको ध्यानाकर्षण गराउँदा देउवाले आफूले कार्यवाहक भएर कहिले महाधिवेशन गराएको हो र भनेर पौडेललाई नै प्रश्न गरेका थिए । पाँच वर्षअघि महाधिवेशन गराउँदा पौडेल कार्यवाहक सभापति थिए ।
सुशील कोइरालाको निधनपछि पौडेल पार्टी नेतृत्वमा थिए । संविधान निर्माणको आखिरी समय परेकाले पाँच वर्षभित्र पार्टी महाधिवेशन गराउन नसक्दा संविधानमै थप ६ महिनाको समय राख्नुपरेको थियो । अहिले त्यही नजिरलाई देउवाले समातेका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०२ फागुन २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)