आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, ०१ फागुन २०७७, ०८ : ०५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुंम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको हो । यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षा हुने मौसमविदले बताए ।

प्रतिक्रिया दिनुहोस