हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको काम व्यबहारबाट जनता वाक्क दिक्क भएको बताएका छन्।संसद विघटनपश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए।
शुक्रबार पार्टीको हेटौंडामा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको भन्दै धार्मिक द्वन्द्व चर्केर जाने खतरा बढेको दाबी गरे।
थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको भन्दै विकास र समृद्धिको सपनालाई २०६२र६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको बताए।
कार्यक्रममा राप्रपाका नेताहरू मधु अधिकारी, राजाराम बर्तौला, नबराज विष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० माघ २०७७, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा