हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको काम व्यबहारबाट जनता वाक्क दिक्क भएको बताएका छन्।संसद विघटनपश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए।
शुक्रबार पार्टीको हेटौंडामा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको भन्दै धार्मिक द्वन्द्व चर्केर जाने खतरा बढेको दाबी गरे।
थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको भन्दै विकास र समृद्धिको सपनालाई २०६२र६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको बताए।
कार्यक्रममा राप्रपाका नेताहरू मधु अधिकारी, राजाराम बर्तौला, नबराज विष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० माघ २०७७, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ