रामकुमारीको आक्रोश : सन्की प्रधानमन्त्रीको प्यादा बन्नेविरुद्ध बोल्न पाइन्छ

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १५ : २०
रामकुमारीको आक्रोश : सन्की प्रधानमन्त्रीको प्यादा बन्नेविरुद्ध बोल्न पाइन्छ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्की प्रधानमन्त्रीको प्यादा बनेको आरोप लगाएकी छन् ।  

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले प्रधानमन्त्रीलाई सन्की भन्दै राष्ट्रपतिलाई सन्कीको प्यादा बनेको आरोप लगाएकी थिइन् । प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइने उनको भनाइ थियो ।  

राष्ट्रपति जस्तो सम्माननीय संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताउँदै रामकुमारीले भनिन्, ‘‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ, बोलिरहनेछु । 

अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको आरोपसमेत उनले लगाएकी थिइन् । उनले  भनिन्, ‘मलाई जन्न मन छ, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ? नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको र अब ढल्नेबेला आइसकेको बताइन् । 

प्रतिक्रिया दिनुहोस