काठमाडौं । माइती आएकी छोरीको गोली हानेर हतया गरेका बैतडीको पुर्चौडी नगरपालिका १० का धनसिंह महराले आफ्नै घरमा आगो लगाएका छन् । महराले शनिबार साँझ ४ बजेतिर २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए ।
छोरीको हत्यापछि बन्दुकसहित जंगलतिर भागेका महरा अझै फेला परेका छैनन् । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक हरिशरण भट्टले खोजी भइरहेपनि महरा फेला पर्न नसकेको बताए । हतियारसहित भागेका महराले राति आएर आफ्नै पुरानो घरमा आजगनीसमेत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महराको दुई श्रीमती रहेको र उनीहरुसँग उनको विवाद भइरहन्थ्यो । सोही विवादबारे छोरीले सम्झाउँदा उनले आवेगमा आएर गोली हानेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ माघ २०७७, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ
आफ्नै घरमा मृत भेटिइन् महिला, हत्याको आशंका
सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या
इलाममा छुरा हानेर दाइको हत्या, भाइ घाइते