काठमाडौं । माइती आएकी छोरीको गोली हानेर हतया गरेका बैतडीको पुर्चौडी नगरपालिका १० का धनसिंह महराले आफ्नै घरमा आगो लगाएका छन् । महराले शनिबार साँझ ४ बजेतिर २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए ।
छोरीको हत्यापछि बन्दुकसहित जंगलतिर भागेका महरा अझै फेला परेका छैनन् । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक हरिशरण भट्टले खोजी भइरहेपनि महरा फेला पर्न नसकेको बताए । हतियारसहित भागेका महराले राति आएर आफ्नै पुरानो घरमा आजगनीसमेत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महराको दुई श्रीमती रहेको र उनीहरुसँग उनको विवाद भइरहन्थ्यो । सोही विवादबारे छोरीले सम्झाउँदा उनले आवेगमा आएर गोली हानेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ माघ २०७७, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या