आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, ०८ : २७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम  सामान्यतया सफा रहने जनाएको छ ।

अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । नेपालमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस