वीरगन्ज । कांग्रेस नेता गगन थापाले गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद् विघटन हैन्, संविधान विघटन गरेको टिप्पणी गरेका छन् । कांग्रेस पर्साले वीरगन्ज महानगरपालिकाको बगहीमा आइतबार आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा युवानेता थापाले भने, ‘पुस ५ को असंवैधानिक कदमलाई हामीले सच्याउन सकेनौं भने संकट गहिरिँदै जान्छ, एउटा पुस्ता खेर जान्छ । यो संसद् विघटन हैन, यो संविधानको विघटन हो ।’
कांग्रेसका कैयौं पुस्ताको जवानी प्रजातान्त्रिक अधिकार प्राप्त गर्नमा गएको छ । कांग्रेसका नेता तथा कार्यकर्तालाई सोध्यो भने, कांग्रेसका प्रत्येक पुस्ताले प्रजातान्त्रिक अधिकार प्राप्त गर्नमा जवानी खेर गएको बताउँछन्,’ नेता थापाले भने, ‘अधिकार कतिपल्ट प्राप्त गर्ने, कतिपल्ट गुमाउने । फेरि लड्ने, फेरि प्राप्त गर्ने । यो चक्रलाई हामीले निरन्तर लिएर गइराख्ने हो कि हामीले एकपल्ट प्राप्त गरेको कुरालाई जोगाउने पनि हो । यो पल्ट गुमाउने काम नगरौं ।’
प्रधानमन्त्रीको प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न आवश्यक रहेको उनले औंल्याए । ‘कुनै बेला एउटा नेपाली नागरिकको देशभक्तिको भावनासँग खेलेका प्रधानमन्त्री आज त्यो धार भुत्ते भएपछि भगवानप्रतिको आस्थासँग खेल्ने प्रयास गर्दैछन्,’ उनले भने ।
विगतको अनुभवबाट सिकेर नै संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुनै पनि धारा नराखेको थापाले दाबी गरे । ‘अदालतले विवेक पुर्याउँछ, न्याय गर्छ,’ उनले भने, ‘कांग्रेसले जुन संविधान पढेर संसद् विघटनको कदमलाई असंवैधानिक भनेको हो, अदालतले पढ्ने संविधान पनि यही हो, अर्को संविधान छैन ।
यही संविधान पढ्ने हो, यो संविधानमा त्यस्तो एउटा पनि धारा छैन, बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने ठाउँ कहीँ पनि हामीले दिएका छैनौं, लेखेका छैनौं । संविधानमा यो व्यवस्था गरिएको हुनाले अदालतले पनि यही संविधान पल्टाउने हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २६ माघ २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा