मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव टेबुल हुनुपर्ने माग: प्रचण्ड–माधव पक्ष

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १४ : ०९
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव टेबुल हुनुपर्ने माग: प्रचण्ड–माधव पक्ष

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा टेबुल हुनुपर्ने माग राखेका छन्। यसअघि मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव टेबुल गर्न पाउनुपर्ने उनीहरूको माग छ।

आफूहरु मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल गर्न थालेकाले प्रदेश सभा चल्न दिनुपर्ने निर्वतमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले बताए। ‘अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। हामीले प्रदेश सभा चल्न दिनुपर्छ भनेका छौ’ आङबोले भने, ‘सरकारी पक्षले रोक्न खोजिराखेको छ। प्रदेश सभामा अरु विज्नेस छैन। प्रदेश सभा चल्न दिनुपर्छ। दर्ता भएको अविश्वास प्रस्ताव टेबुल हुनुपर्छ।’

आइतबार बोलाएको बैठकमा ओली पक्षले सहज रुपमा बैठक सञ्चालन गर्ने वातावरण बनाउने आङबोले बताए। उनीहरुले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्न केही दिन समय मागेपनि प्रचण्ड(नेपाल पक्षले दिन नसकिने बताएको छ। २ बजे प्रदेश सभा बैठकमा दुवै पक्ष आ–आफ्नो रणनीतिमा भएकाले सहज रुपमा बैठक सञ्चालन हुने सम्भावना कम देखिएको छ।

माघ ७ का लागि बोलाइएको पहिलो बैठक प्रदेश सरकार प्रमुखले पठाएको पत्र पढेर रोकिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राईले अर्को पक्षका १६ सांसदलाई निलम्बन गरेका छन्।

प्रतिक्रिया दिनुहोस