‘सत्ताको शक्ति प्रदर्शन’ मा प्रधानमन्त्री ओलीले विगतमा जस्तो गरेनन् गालीगलौज

पत्रपत्रिकाबाट

शनिबार, २४ माघ २०७७, ०७ : ४४
‘सत्ताको शक्ति प्रदर्शन’ मा प्रधानमन्त्री ओलीले विगतमा जस्तो गरेनन् गालीगलौज

काठमाडौं । अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ ।

दिनभर पानी पर्ला–पर्ला झैं भएपनि शुक्रबार दरबारमार्गमा चिसो भूईँमा थचक्कै बसेका नेकपा ओली समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीले विकास र समृद्धिको भाषण बर्साइदिएपछि जुरुक्कजुरुक उठेर उनका पक्षमा नारा लगाए । भाषणमा समृद्धि र समाजवादको कुरा गरिएपनि तीन किसिमका वर्ग छुटिट्ने गरी कार्यक्रमस्थल मिलाइएको थियो । 

भूइँमा थुचुक्क बसेका बसेका कार्यकर्ता थिए, जो गाडीमा रातबिरात यात्रा गरेर सभाकै लागि काठमाडौं आएका हुन् । अर्को वर्ग कुर्सीमा बस्ने थियो जहाँ मुख्यमन्त्री, मन्त्री र स्थायी कमिटी सदस्य थिए ।

प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यका लागि पनि पहिलो लहरको छेउमा कुर्सी छुट्याइएको थियो । शाक्य कार्यक्रममा नपुगुन्जेलसम्म कुर्सी खाली नै थियो भने बस्ने खोज्ने विशिष्ट पाहुनालाई  सुरक्षाकर्मीले रोके । मञ्चको सोफामा बस्ने अर्को वर्गको नेतृत्व स्वयम् प्रधानमन्त्रीले गरेको खबर कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस