काठमाडौं । ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु भएको हो। उनी दार्चुला लेकम गाउँपालिका ३ का स्थानिय बासिन्दा हुन्। उनी बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत थिए ।
सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका अनुसार बिहीबार दिउँसो उनी आमहड्तालमा ड्युटीमा खटिएका थिए । हिँड्दाहिँड्दै उनी अचानक बेहोस भएका थिए। डिआइजी चन्द्रप्रकाश गौतमका अनुसार उनलाई तत्कालै कलैया अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगियो । ‘त्यहाँ पनि उपचार नहुने अवस्था आएपछि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी गर्दैगर्दा उहाँको मृत्यु भयो,’ गौतमले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु