जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १३ : ५०
जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

जनकपुर ।  जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले गरेको आम हड्तालमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।  

CG Hills

झडपका क्रममा दाहाल नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट लागेको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।