आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, ०८ : ४५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार पश्चिम तथा पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ ।हाल सुदूरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा आशिंक बदली रहेको छ।

बिहीबार दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली साथै अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको प्रभाव छ र त्यसका कारण मौसम प्रभावित भएको हो । यस्तै राति देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपाको संभावना छ । 

प्रतिक्रिया दिनुहोस