काठमाडौँ । प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको सरकारले सम्वैधानिक निकायमा थप असम्वैधानिक ढंगले निरंकुशता, जोरजर्वजस्ती र निर्लज्जतापूर्ण ढंगले गरेको नियुक्तिका विरोधमा नेकपाको प्रचण्ड माधव समुहले आयोजना गरेको आमहडतालको क्रममा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन् ।
प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली निगरानीका लागि खटाइनेछ । आन्दोलन हिंसात्मक हुनखोजे परिचालनका लागि तत्काल नयाँ रणनीति अख्तियार गरिनेछ । ब्याकअपका लागि छुट्टै टोली समेत तयारी अवस्थामा रहने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ